Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अपर हेवा खोलाको आइपिओ खुल्यो, आजदेखि सेयर भर्न पाउने


1.9K
Shares

अपर हेवा खोलाको आइपिओ खुल्यो, आजदेखि सेयर भर्न पाउने

काठमाडौं, २४ असार । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज, असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ।

इच्छुक आवेदकहरूले आउँदो असार २८ गतेसम्म आइपिओ भर्न सक्नेछन्। माग बमोजिमको आवेदन नपरेमा भने ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।

कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा १५ करोड बराबरको १५ लाख कित्ता सेयर जारी गरेको हो। आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन मिल्छ।

जारी गरिएको कित्तामध्ये कम्पनीले २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् ७५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ। यीबाहेक बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गरिएको हो। आइपिओ जारी भएसँगै कम्पनीको चुक्ता पुँजी ५० करोड पुग्ने बताइएको छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology