Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार


1.7K
Shares

सेयर बजार दोहोरो अंकले घट्यो, एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार

काठमाडौं, २३ असार । दोहोरो अंकले घट्यो सेयर बजार आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो ।

यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूह ०.०९ अंकले बढेर बन्द भएको छ ।

यसबाहेक, अन्य कुनै पनि समूहमा सुधार आएको छैन । जीवन बीमा समूहमा सबैभन्दा धेरै ११५ अंकको गिरावट आएको छ ।

यस्तै, विकास बैंक समूहमा ४६ अंकको सुधार आउँदा उत्पादनमूलक समूहमा ४३ अंकको सुधार आएको छ । यसैगरी, लघुवित्त समूहमा ३७ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूह ३३ अंकले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology