Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु


2.3K
Shares

चट्याङ लागेर १४ वर्षीय बालकको मृत्‍यु

काठमाडौं, २१ असार। गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

मदाने गाउँपालिका वडा — १ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते भएका बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology