गोरखा, २० असार । नेकपा एमाले गोरखाकी नेतृ सम्झना देवकोटाले संगठन विभागको सचिवको जिम्मेवारी पाउनु भएको छ ।
एमालेको केन्द्रिय समितिको सदस्य एव्म गोरखा जिल्ल कमिटिकी सह—इन्चार्ज समेत रहनु भएका देवकोटालाई संगठन विभागको सचिवको जिम्मेवारी दिएको हो ।
एमालेले केन्द्रिय स्तरको १३ विभाग बनाएर जिम्मेवारी दिने क्रममा देवकोटाले सचिवको जिम्मेवारी पाउनु भएको हो ।
सह—इन्चार्ज देवकोटाले गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकामा मेयर पदमा उम्मेवादवारी दिनु भएको थियो।