काठमाडौं, २० असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बेलायत जानु भएको छ । फिल्म ‘लण्डन टु पेरिस’ छायाँकनको लागि उहाँ सोमबार बेलायत जानु भएको हो ।
आगामी सातादेखि बेलायतका विभिन्न शहरमा छायांकन हुने फिल्मका लागि उहाँको साथमा अभिनेता कबीर खड्का र निश्चल खड्का पनि बेलायत जानु भएको छ । फिल्म घनश्याम लामिछानेले निर्देशन गर्न लाग्नु भएको हो ।
फिल्मका लागि निर्देशक लामिछाने केही दिन अगाडि बेलायत पुगि सक्नु भएको छ । कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेको फिल्म एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुनेछ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कविर खड्का मुख्य भूमिका रहने फिल्म अमित बस्नेत, अजित कुमार थापा, परि राना, अंकित गौतम र सनिश खकुरेलको लगानीमा निर्माण हुन लागेको हो । फिल्मका अजित सिंह सह–निर्माता हुनु हुन्छ ।