गोरखा, २० असार : नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को केन्द्रीय समितिमा गोरखाका २ जना र बैकल्पिक केन्द्रीय समितिमा गोरखामा ३ जना नेता मनोनित भएका छन् । माओबादी केन्द्रले नेतृ कमला नहर्की र खोपबहादुर कंडेललाई केन्द्रीय समितिमा चयन गरेको जनाएको छ ।
त्यस्तै पार्टीका गोरखा जिल्ला संयोजक लेखबहादुर थापा सहितका ३ नेताहरुलाई भने बैकल्पिक केन्द्रीय समितिमा चयन गरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट जिल्ला संयोजक थापा बैकल्पिक केन्द्रीय सदस्यमा पर्नुभएको हो ।
त्यस्तै नेता दिपक देवकोटा र भगवती तिवारीलाई पनि बैकल्पिक केन्द्रीय सदस्यमा चयन हुनुभएको नेकपा माओबादी केन्द्रले जनाएको छ ।