गोरखा, १९ असार । गोरखामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा अहिलेसम्म गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भिमसेन थापा, बारपाक सुलिकोट, गण्डकी, धार्चे र चुमनुब्री गाँउपालिका गरी ७ वडा पालिकाले दर्ता गराएका जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शान्ता सिङ बस्नेतले जानकारी दिनुभयो ।
बाँकी रहेका ४ पालिकाले आजै साँझसम्ममा दर्ता गराउने उहाँले बताउनुभयो । प्रतियोगिताको पहिलो दिन आज गोरखा र पालुङटार नगरपालिका बिच छात्रछात्रा दुबै तर्फ काँराते र तेक्वान्दो खेल सम्पन्न भएको छ ।
२१ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी र एथ्लेटिक्स अन्तरगतका बिभिन्न विधामा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।
जसअन्र्तगत अन्तरगत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटरको दौड प्रतियोगित हुनेछ भने हाइजम्प, लम्जम्प, ट्रिपल जम्प, सर्टपुट, ज्याबलिङ थ्रो बिधामा प्रनि प्रतिस्पर्धा हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । प्रतिगोगिताको औपचारिक उद्घाटन भने भोली २ बजे हुने आयोजकले जनाएको छ ।