काठमाडौं, १९ असार। आज बिहान ११ः५० बजे बल्खुको तरकारी बजारमा भ्यानले पैदल यात्रुलाई ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुर छन् ।
प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टका अनुसार घटनामा उनकी आमा ३२ वर्षीया योगिता बन्सुर घाइते हुनु भएको छ । उहाँको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको भट्टले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बा १३ च ६४१९ नम्बरको भ्यानले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिँदा घटना भएको थियो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।