Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सेयर बजारमा दोहोरो अंकको वृद्धि


1.9K
Shares

सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं, १९ असार। साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो ।

शुक्रबार बजार घटेर बन्द भएको थियो । पछिल्लो केही दिनयता कारोबार रकम समेत बढिरहेको छ । शुक्रबारजस्तै आइतबार कारोबार रकम समेत साढे २ अर्ब पुगेको छ । आइतबार कुल २३१ वटा कम्पनीको ४५ हजार १२० वटा कारोबारबाट ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर किनबेच भएको छ ।

यसबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबारमा आएका सबै उपसमूहमा हरियाली देखियो हो । व्यापार र जलविद्युत् उपसमुहका लगानीकर्ताले धेरै कमाए छ ।

आइतबार ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो छ। साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोशी, सान्जेज जलविद्युत्, नेष्डो समृद्धि लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रसुवागढी हाइड्रो, मध्यभोटेकोशी, कर्पोरेट डेभलपमेन्ट बैंकसहितको मूल्य समेत सर्किट लेबलमा बढेको छ ।

आइतबार बीओके डिभेन्चर, ङ्याग्दी ग्रुप पावरको मूल्य धेरै घटेको छ । यस दिन ङ्याग्दी ग्रुपको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology