काठमाडौं, १९ असार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराउनु भएको छ । प्रज्ञा भवन कमलादीमा भएको बैठकमा अध्यक्ष प्रचण्डले ९ वटा एजेण्डाको बारेमा जानकारी गराउनु भएको हो।
अध्यक्ष प्रचण्डको अनुसार नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ ।
प्रचण्डले बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न मौका दिनु भएको थियो । तर सुझाव नआएपछि यी एजेण्डा पास भएको प्रचण्डले जानकारी दिनु भयो ।