काठमाडौं, १९ असार । नुवाकोटमा त्रिशूलीले बगाउँदा आमा—छोरा बेपत्ता भएका छन्।
शनिबार दिउँसो पौने ३ बजे विदुर नगरपालिका—३ ढोडेनी बस्ने आमा र छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।
पूर्णलाल श्रेष्ठका ७ वर्षीय छोरा युनिक श्रेष्ठ नदी किनारमा खेल्ने क्रममा नदीले बगाएको थियो।
छोरालाई बगाउँदा उनकी आमा ३२ वर्षीया सन्जिता बचाउन भनेर जानु भएको थियो। तर उहाँलाई पनि नदीले बगाएको हो।
उनीहरूलाई बगाएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो। सशस्त्र प्रहरी बल र विपद व्यवस्थापन नुवाकोट समेतको टोलीले आमा—छोराको खोजी गरिरहेको छ।
स्थानीयहरूले पनि उनीहरूको खोजी गरिरहेको छ।