काठमाडौं, १६ असार । स्थानीय तह निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
आगामी २७ गते सोमबार दिउँसो १ बजे बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो । उहाँ अनुसार बैठकमा स्थानीय चुनावको समीक्षाका साथै अरु एजेण्डामा पनि छलफल हुनेछ ।
हेर्नुहोस् विज्ञप्ति
