Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


2.2K
Shares

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ असार। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार १६६ जनाको एन्टीजेन परीक्षणमा १९ जना गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७४ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार १६७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology