Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

जलाउँदै गरेको १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा


2.5K
Shares

जलाउँदै गरेको १४ वर्षीया किशोरीको शव प्रहरी नियन्त्रणमा

काठमाडौं, १६ असार। पर्साको बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् ।

घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो ।

घटनाबारे अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठूलीआमालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । आत्महत्या हो या हत्या गरेर जलाउन खोजिएको हो भन्ने बारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रहरीका अनुसार मलामी गएका केहि मानिस प्रहरीलाई देखेपछि भागेका थिए । घरका लोग्ने मानिस पनि सबै फरार छन, उनीहरुको खोजी र्भरहेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ । घटनाबारे प्रहरीमा जाहेरी दिने मानिस पनि कोहि आएका छैनन् । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान प्रक्रिया अगडि बढाउने प्रहरीको तयारी छ ।

स्थानीयबासिन्दाका अनुसार महिमाको गाउँकै एउटा केटासँग प्रेम सम्बन्ध थियो । यसबारेमा चर्चा भएपछि उनलाई अभिभावकले सम्झाइ बुझाइ समेत गरेका थिए । उनले आफूले केटा छोड्न नसक्ने बताएपछि अभिभावकले मनसिक र शारीरिक यातना समेत दिने गरेको गाउँलेले बताएका छन् ।

उनले बुधबार राति विष सेवन गरि आत्महत्या गरेको भन्दै अभिभावकले प्रहरी र गाउँलेलाई खबर नै नगरी शव जलाउन थालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology