Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

यशको पारिश्रमिक १०० करोड नाघ्यो !


3.2K
Shares

यशको पारिश्रमिक १०० करोड नाघ्यो !

काठमाडौं, १६ असार । ‘केजीएफ’ सिरिजमार्फत भारतका स्टार बनेका कन्नड फिल्म अभिनेता यशले आफ्नो पारिश्रमिक बढाएका छन्।

केजीएफ भन्दा अगाडि उनलाई कमैले मात्र चिन्ने गरेका थिए।

उनी दक्षिण भारतको पनि कन्नड फिल्म उद्योगका नायक हुन्। तर केजीएफ उनको जीवनमा यस्तो चलचित्र बनेर आयो जसले उनलाई रातारात चर्चामा पुर्‍यायो।

फिल्मको सफलतासँगै निर्माताहरू यशसँग काम गर्न चाहिरहेका छन्। यसैबीच साउथका चर्चित निर्माता दिल राजुले चाँडै नै यशसँगको आफ्नो नयाँ फिल्म घोषणा गर्न लागेका छन्।

भारतीय मिडियाका अनुसार दिल राजुले यशलाई यो फिल्मका लागि ठूलो अफर गरेका छन्। यो यशले पाउने हालसम्मकै सबैभन्दा महंगो पारिश्रमिक हो।

टलिउड डटनेटका अनुसार यशले दिल राजुको फिल्ममा काम गर्न १०० करोड भारतीय रूपैयाँ पारिश्रमिक लिने भएका छन्।

यशलाई ‘केजीएफ’ सिरिजभन्दा पहिले यति ठूलो रकमको अफर आएको थिएन। यश र दिल राजुको यो फिल्म केही दिनमै फ्लोरमा जाने भएको छ।

दक्षिण भारतमा केन्द्रीत दिल राजु क्रमशः बलिउडतिर विस्तारित हुँदै आएका छन्।

साउथका यी निर्मातासँग लगभग सबै ठूला स्टारले काम गरिसकेका छन्।

शाहिद कपुरको ‘जर्सी’ र राजकुमार रावको ‘हिट’ निर्माण गरेपछि दिल राजु अब मेगा बजेटको फिल्म बनाउने योजनामा छन्, जुन देशका सबै प्रमुख भाषामा रिलिज हुनेछन्। जसमध्ये यशको आगामी फिल्म पनि एक हुनेछ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology