Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


2.4K
Shares

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं, १६ असार । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मकवानपुर कैलाश गाउँपालिका—१० घर भई कीर्तिपुर नगरपालिका—५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रजाले बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगेका थिए। त्यहाँ लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

सो खबर पाएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology