Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चट्याङ लागेर एकको मृत्यु


2.5K
Shares

चट्याङ लागेर एकको मृत्यु

बुटवल, १४ असार । चट्याङ लागेर रूपन्देहीमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्लाको सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरहीको चट्याङ लागेर मृत्यु भएको हो।

मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनु भयो।

प्रहरीका अनुसार चट्याङ लागेर खेतमा नै मृत्यु भएका बरहीको शवलाई पोष्टमर्टमको लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology