Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि


2.2K
Shares

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं, १२ असार । काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिनुभयो।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ ।

निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology