काठमाडौं, १२ असार । नेपाली बजारमा साताको पहिलो दिन आज सुन चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ भइरहेको जनाएको छ।
गत साता शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको हो । यस्तै चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।