Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बारपाक सुलिकोट गाउँपालिकको ६ वटा गौरवका योजना : स्वास्थ्यमा पनि फड्को मार्ने नयाँ कार्यक्रम


6.8K
Shares

बारपाक सुलिकोट गाउँपालिकको ६ वटा गौरवका योजना : स्वास्थ्यमा पनि फड्को मार्ने नयाँ कार्यक्रम

गोरखा, १० असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बिभिन्न ६ वटा आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा किटान गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बारपाक ढल निकास आयोजना, ध्याम्पेसाल देउराली, ताकुकोट सडक, ताकुकोट स्वाँरा, सौरपानी बारपाक सडक खण्ड, शहिद प्रेम ढकाल स्मृति अस्पताल, शहिद आशकाजी स्मृति रङशाला र शहिद दिलबहादुर रम्तेल स्मृति पार्क योजनालाई गाउँपालिकाको गौरवको योजनाको रुपमा अघि सार्नुभएको हो ।

गाउाँपालिकाले सेवा नागरिकहरुलाई प्रदान गरिने सेवा प्रवाहलाई छिटो र छरितो र झन्झट रहित बनाउन ‘सेवा लिन घरघरबाट, सरकारी काम प्रबिधिबाट’ भन्ने नारा अघि सारेर गाउँपालिकालाई प्रबिधि मैत्री गाउँपालिका निर्माण गरि एकिकृत सफ्टवेयरबाट कर प्रणाली, बजार निगरानी, नक्सा डिजिटलाइजेसन, योजना सम्झौता गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

अध्यक्ष भट्टले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्र घुम्ती अल्ट्रासाउन सेवा उपलब्ध गराई गर्भवती महिलालाई गाउँघरमा नै सेवा उपलब्ध गराउने, मानसिक र दीर्ध रोगीलाई निशुल्क रुपमा औषधी प्रदान गर्ने व्यवस्था मिलाइने, सामुदायिक स्वास्थ्य इकाईको बिस्तार गरि स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्ने घोषणा गर्नुभयो ।

पालिका भित्रका सवै स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर बिस्तार गरि गर्भवती महिलाहरुको शुन्य होम डेलिभरी नीति लिने अध्यक्ष भट्टले घोषणा गर्नुभयो । त्यस्तै श्रम सहकारी मार्फत कामका लागि खाद्यान्य वा स्थानीय बिकास निर्माणका काममा श्रमको प्रयोग गरिने गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममा १० बर्षे महान जनयुद्ध र जनआन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहिदहरुको स्मृति र सम्मानमा हुने बिशेष कार्यक्रम सञ्चालन गर्ने तथा शहिदका नामबाट पार्क स्तम्भ खडा गरि इतिहासको संरक्षण गर्ने घोषणा गरिएको छ ।

युवा उद्यम बिकास कार्यक्रम सञ्चालन गरी एक टोल एक युवा उद्यम समुह निर्माण गरि लगानी गर्ने, युवाहरुलाई सक्षम सवल र श्रम बजारमा स्वरोजगार हुने किसिमका तालिमहरुको व्यवस्था गरिने तथा एक वडा एक खेल मैदान निर्माण गर्ने नीति तथा कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology