Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सर्‍यो, १९ गते बस्ने


2K
Shares

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सर्‍यो, १९ गते बस्ने

काठमाडौं, १० असार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको १५ असारलाई तोकिएको बैठक फेरि १९ गतेका लागि सरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बैठक १९ गते बिहान ११ बजे प्रज्ञा भवनमा बस्ने जानकारी दिनुभयो।

असार १५ धान दिवस भएको र खेतपाती गर्ने मुख्य समयमा बैठक राख्न उपयुक्त नहुने भन्दै बैठक फेरि सारिएको हो ।

यसअघि स्थानीय चुनाव सकिएलगत्तै २० जेठमा बैठक बस्ने भनिएको थियो । तर माओवादीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले १० असारमा बजेट पेश गर्नु पर्ने भएकाले बैठक उचित नहुने भन्दै सारिएको थियो ।

गत पुसमा आठौं महाधिवेशन गरेको माओवादीले अहिलेसम्म केन्द्रीय समितिलाई पूर्णता दिन सकेको छैन भने पदाधिकारी पनि चयन भएका छैनन् ।

त्यस्तै नेताहरुको कार्यविभाजन पनि हुन सकेको छैन । अमेरिकी सहयता परियोजना एमसीसीका कारण पार्टीभित्र देखिएको विवादमा चुनावपछि बहस गर्ने भनिएको थियो । तर बैठक नै बस्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology