काठमाडौं, १० असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले (आज) शुक्रबार स्याम्पुको डब्बाभित्र अवैधरुपमा ल्याउँदै गरेको १०० ग्राम सुन बरामद भएको छ ।
ओमनबाट सलाम एयरवेजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सिराहा स्थायी घर भएका निरन्जन कुमार सिंहलाई प्रहरीले १०० ग्राम सुनसहित नियन्त्रणमा लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चेकजाँच गर्दा उनको साथमा १०० ग्राम सुन पाइएकाले नियन्त्रणमा लिएको जनाइएको छ । उनले उक्त सुन स्याम्पुको डब्बाभित्र स्याम्पु (झोल) सँगै मिसाई लुकाई छिपाई अवैधरुपमा ल्याउँदै गरेका थिए ।