Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो, युएई फाइनलमा


2.7K
Shares

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो, युएई फाइनलमा

काठमाडौं, १० असार। एसीसी महिला टी—२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ ।

मलेसियामा टस जितेर पहिले बलिङ गरेको नेपालले युएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिनु भएको थियो ।

तर वर्षाका कारण नेपालले जवाफी ब्याटिङ गर्न पाएन । र, नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ ।

समूहमा युएई विजेता बनेको थियो भने नेपाल आफ्नो समूहमा उपविजेता बनेको थियो ।

समूह चरणमा तीन खेल जितेको नेपाल हङकङसँग पराजित भएको थियो । अहिले नेपाललाई त्यही हार महँगो बन्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology