Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सरकारी जीप दुर्घटना हुँदा एकको मृत्यु


2.7K
Shares

सरकारी जीप दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौं, ८ असार । सरकारी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

रूकुम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भयो।

उहाँका अनुसार बुधबार वीरेन्द्रनगर नगरपालिका—७ सडक खण्डमा जीप दुर्घटना भएको हो।

बा १ झ ८७८४ नम्बरको सरकारी जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनु भयो। जीप दैलेखबाट सुर्खेत तर्फ जाँदै थियो।

घाइतेहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनु भएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology