Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

महँगीले जनताको ढाड भाँचिदैछ : बाबुराम भट्टराई


1.1K
Shares

महँगीले जनताको ढाड भाँचिदैछ : बाबुराम भट्टराई

गोरखा, ८ असार। जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनु भएको छ ।

डा. भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदै गरेको जानकारी दिनु भएको हो । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ ।

‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेख्नु भएको छ, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology