Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना


1.3K
Shares

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ८ असार । आज प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक—दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

हाल गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो बागमती, मधेश, गण्डकी र प्रदेश १ मा वर्षाको सम्भावना छ। अन्य प्रदेशमा सामान्य मौसम बदली हुने सम्भावना छ। एक दुई स्थानमा चटयाङसहितको वर्षा हुने मौसम विभागले जनाएको छ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू—भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व—पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ।

जल तथा मौसम जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भू—भागमा भू—क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology