मोरङ, ७ असार । मोरङमा गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन्।
मंगलबार दिउँसो कटहरी गाउँपालिकाबाट रंगेली जाँदै गरेको बसभित्र एसिड पोखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनु भयो।
प्रहरीका अनुसार को १ ख ३९८१ नम्बरको बसभित्र कटहरी—४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक राहुल साहले प्लास्टिकको बोतलमा एसिड बोकेका थिए। उहाँले बोकेको एसिड पोखिएको हो।
गुडिरहेको बसमा ब्रेक लगाएपछि उहाँको हात थिचिएर बोतलको बिर्को खुलेर एसिड पोखिएर पाँच जना घाइते समेत भएको श्रेष्ठले बताउनु भयो।
घाइतेहरूको सामान्य उपचारपछि डिस्चार्ज समेत गरिसकेको श्रेष्ठले जानकारी दिनु भएको छ।
अहिले सुन पसल सञ्चालक भने फरार छन्। उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ।