काठमाडौं ७ असार । एसिसी महिला टी— २० च्याम्पियनसिपमा नेपाल समूहको अन्तिम खेलमा पराजित भएको छ।
समूह ‘बी’ मा रहेको नेपाललाई मंगलबार हङकङले ७ विकेटले पराजित गरेको हो।
यसअघि नेपालले समूहमा लगातार तीन खेलमा जित निकालेर सेमिफाइनलमा स्थान बनाएको थियो। नेपालले भुटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो।
हङकङले पनि समूहमा तीन खेलमा जित निकालेको छ। अब हङकङले अन्तिम खेलमा कुवेतसँग खेल्न बाँकी छ।
मलेसियामा जारी खेलमा मंगलबार नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले ३ विकेटको क्षतिमा १५.५ ओभरमै पार गरेको थियो।
हङकङका लागि मारिको हिलले ४५ रन जोड्नु भयो। संगिता राईको बलमा ममता चौधरीबाट समातिनुअघि उहाँले ३२ बलमा ८ चौका गोगदान गर्नु भयो।
त्यसअघि ओपनर बेला बो ९ रन बनाएर खेलिरहदा सीता राना मगरको एलबिडब्लूको धरापमा परेको थियो।
यस्तै नतासा मिल्सले नटआउट २८ रनको योगदान गर्नु भयो। बलिङमा नेपालकी संगिता राईले २ विकेट हात पर्नु भयो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १०९ रन जोड्यो।
नेपालका लागि ओपनर बिन्दू रावलले २३ रन जोड्नु भयो। कप्तान रुबिना क्षेत्रीले नटआउट ३२ रन जोड्नु भयो । उहाँको ३६ बलमा ४ चौका छ।
यस्तै अप्सरी बेगमले नटआउट २२ रन बटुलन सफल हुनु भयो । उहाँले १६ बलमा २ चौका लिनु भयो।
नेपालका अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। बलिङमा हङकङकी चान बेटीले २ विकेट लिनु भयो।