काठमाडौं, ६ असार । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको हो।
चाँदीको मुल्य भने यथावत रहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।