Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

महिला टी—२० च्याम्पियनसिपमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश


2K
Shares

महिला टी—२० च्याम्पियनसिपमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं, ६ असार। मलेसियामा जारी एसीसी महिला टी—२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।

यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३.४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology