Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

डढेलोमा परेर एक पुरूषको मृत्यु


2.4K
Shares

डढेलोमा परेर एक पुरूषको मृत्यु

काठमाडौं, ५ असार । सल्यानमा वनमा लागेको डढेलोमा परेर एक पुरूषको मृत्यु भएको छ।

सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ डाँडा कटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको डढेलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुढाथोकी सल्लाको खोटो संकलनका लागि वनमा पुगेका थिए। दुबिचौर र हलुवारे सामुदायिक वनमा लागेको डडेलोमा परेर शनिबार उहाँको मृत्यु भएको हो।

वनमा लागेको डढेलो निभाउन गएको प्रहरीले एक जनाको शव फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्का बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology