Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रवि लामिछानेले छाडे टेलिभिजन, काठमाडौंबाट चुनाव लड्ने तयारी


4.1K
Shares

रवि लामिछानेले छाडे टेलिभिजन, काठमाडौंबाट चुनाव लड्ने तयारी

काठमाडौं, २ असार । टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उहाँले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाड्नु भएको छ । उहाँलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् ।

उहाँले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताउनु भएको छ । यद्यपि उहाँले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पर्नु भएको छैन। उहाँ निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बन्नु भएका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय हुनु हुन्थ्यो । त्यहाँ पनि उहाँले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आउनु भएको थियो। सिधा कुरामा उहाँको बिहीबारको एपिसोड अन्तिम रहने बताइएको छ । त्यसपछि उहाँले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गर्ने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology