Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा कांग्रेसको निस्कर्ष : हारको कारण प्रतिस्पर्धीको अधोषित गठबन्धन र अन्तरघात !


3.8K
Shares

गोरखा कांग्रेसको निस्कर्ष : हारको कारण प्रतिस्पर्धीको अधोषित गठबन्धन र अन्तरघात !

गोरखा, १ असार । नेपाली कांग्रेस गोरखाले निर्वाचनमा पार्टीका उमेद्वारलाई हराउन भूमिका खेल्ने तथा बिपक्षी उमेद्वारलाई सहयोग गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने जनाएको छ । पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपाने निर्वाचनमा पराजयको मुख्य कारण प्रस्पिर्धी दलहरु बिचको अघोषित गठबन्धन भएपनि पार्टी भित्रको अन्तरघात समेत अर्को कारण भएको बताउनुभयो । उहाँले अन्तरघात गर्नेहरुलाई छानविन गरी बिधानले व्यवस्था गरे बमोजिम अनुशासनको दायरा ल्याइने बताउनुभयो ।

‘जिल्ला पार्टीको दुई दिनसम्म भएको समिक्षा बैठकमा पराजय व्यहोरका पार्टीका उमेद्वारहरुले अन्तरघात भएको पनि रिर्पोटिङ गर्नुभएको छ, उहाँले भन्नुभयो, पार्टीको बिधान अनुसार जिल्ला स्तरीय छानविन समिति बन्छ, र वडा र पालिका स्तरबाट प्रमाण सहित अन्र्तघात पुष्टी भए कारवाही हुन्छ । समिक्षा बैठकमा अधिकाशं पराजित उम्मेदवार र जिल्ला कार्यसमितिका पदाधिकारी एवमं सदस्यहरुले पार्टीमा रहेर पार्टीकै उम्मेदवारको विरुद्धमा केही नेता कार्यकर्ता लागेको गुनासाहरु व्यक्त भएकाले उहाँहरुलाई अनुशासनको दायरामा ल्याउनु पर्ने माग भएको काग्रेसले आज जारी गरेको बिज्ञप्तिमा पनि उल्लेख छ ।

सभापति न्यौपाने जारी गर्नुभएको बिज्ञप्तिमा पार्टीले जिल्ला भित्र निर्वाचनमा नेपाली काँग्रेस पार्टीले प्रमुख र उपप्रमुख पदमा अपेक्षाकृत स्थानमा विजय हासिल गर्न नसकेको भन्दै वडामा प्राप्त मत परिणामका आधारमा भने प्रतिस्पर्धी माओबादीको तुलनामा काग्रेसले ६सय ६० मत बढी मत प्राप्त गरेको उल्लेख छ । वडा स्तरमा जिल्ला भर नेपाली कांग्रेसले ४८ हजार २१२ र प्रतिपस्पर्धी दल नेकपा माओवादी केन्द्रको ४७ हजार ५४२ मत प्राप्त गरेको थियो ।

बिज्ञप्तिमा प्राविधिक रुपमा नेपाली काँग्रेस पार्टीले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा केही मत कम ल्याए पनि समग्रमा लोकप्रिय मतमा जिल्लामा काग्रेस अगाडी रहेको उल्लेख छ । जिल्लाका कुल ४८७ मध्ये नेपाली कांग्रेस पार्टीले २१६ स्थानमा बिजय हासिल गरेको माओबादीले २०५ सिट प्राप्त गरेको काग्रेसले आफ्नो बिज्ञप्तिमा उल्लेख गरेको छ । स्थानीय निर्वाचनमा प्राप्त भएको अनपेक्षित नजिताको गम्भीर समिक्षा गर्दै पार्टी संगठनलाई थप मजबुद बनाउँदै जनतामा माझ जाने प्रतिवद्धता समेत काग्रेसले व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology