काठमाडौं, १ असार । पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन— कुरिनटार सडक खण्ड दिउँसो २ बजेदेखि अवरूद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका— ४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाउने प्रयास भइरहेको छ। पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्।