Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो


1.8K
Shares

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

काठमाडौं, १ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजो मंगलबारको तुलनामा ६०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । जुन, आज प्रतितोला ६०० रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै आज बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ छ । हिजो मंगलबार पनि चाँदीको कारोबार मूल्य यही कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology