गोरखा, ३१ जेठ । तनहुँको बन्दिपुर— १ बोडिस्वाँरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्य भएको छ । चितुवाको आक्रमणबाट स्थानिय प्रेम रिलामी मगरको ५ बर्षिय छोरा सुप्रिम थापा मगरको मृत्य भएको हो ।
दुई जना बच्चा घर नजिकै संगै खेलिरहेको बेला चितुवाले आक्रमण गरी लगेको प्रत्यक्षदर्शीले बताएका छन् । घरबाट करिव २०० मिटर टाढा बालककको शव भेटिएको प्रहरीले जनाएको छ ।