काठमाडौं, ३१ जेठ । चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गर्नु भएको छ । उहाँहरुले मंगलबार चितवनको बाराही जंगल लजमा विवाह गर्नु भएको छ ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको थियो । उहाँले सामाजिक सञ्जालमार्फत प्रेमी शरदसँग विवाह गरेको जानकारी गराउनु भयो । इन्दिरा र शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राख्नु भएको थियो । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकार गर्नु भएको थियो ।