Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेप्से परिसूचकमा १५ अंकको गिरावट


2.2K
Shares

नेप्से परिसूचकमा १५ अंकको गिरावट

काठमाडौं, ३० जेठ । सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले घटेको छ । केहि दिनयता लगातार घटिरहेको नेप्सेमा सोमबार थप १५.८२ अंकले घट्दै २ हजार ३२.३४ अंकमा झरेको हो ।

उसो त साताको पहिलो कारोबार दिन समेत रहेको आज १५ अंकमाथिले नेप्से सूचक घट्दा कारोबार रकम समेत ९९ करोडमा सीमित हुन पुगेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज कुल ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा सीमित भएको हो ।

आज १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी इनभेष्टमेन्ट समूहको उपसूचक १.३८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूहको ०.१ प्रतिशतले मात्र घटेको छ ।

आज बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मनास्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology