पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
प्रदेश सरकार गठनपछि पाँच वर्षे कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ को संसद् बैठकमा नीति कार्यक्रम पेस गरेका थिए ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिनु भएपछि बहुमत सांसदले समर्थन जनाएका थिए । गण्डकी प्रदेशसभामा सभामुख र उपसभामुखसहित ५८ जना सदस्य सहभागी थिए ।