Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जिसस गोरखामा माओवादीको प्यानल नै बिजयी, नवनिर्वाचित पदाधिकारीद्धारा आजै पदभार ग्रहण


4.6K
Shares

जिसस गोरखामा माओवादीको प्यानल नै बिजयी, नवनिर्वाचित पदाधिकारीद्धारा आजै पदभार ग्रहण

गोरखा, ३० जेठ । गोरखा जिल्ला समन्वय समिति (जिसस) मा नेकपा माओवादी केन्द्रको प्यानल नै बिजयी बनेको छ ।

गत जेठ २२ गते मनोनयन दर्ताको क्रममा माओवादी केन्द्रबाट एकल उम्मेदवारी परेपछि ९ सदस्यीय समन्वय समितिमा उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुलाई सोमबार (आज) शपथ ग्रहण गराइएको छ ।

नवनिर्वाचित समन्वय समिति प्रमुख मोहनबहादुर थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा विजयी हुनु भएको थियो। उपप्रमुखमा शहीद लखन गाउँपालिका–९ की लिला परियार निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा वारपाक सुलिकोट गाऊँपालिका ४ का मोहन ढकाल, भिमसेन थापा गाऊँपालिका ६ का मोहम्मद हकिम र गण्डकी गाऊँपालिका ७ का शिवप्रसाद रेग्मीले निर्वाचित हुनु भएको  मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिनुभयो ।

यस्तै ३ जना महिला सदस्यमा अजिरकोट गाऊँपालिका ५ बाट वडा सदस्य निर्वाचित इन्दिरा देवकोटा, धार्चे ३ की प्रमिना घले तथा सिरानचोक ८ की मिरा उपरकोटीको बिजयी भएका छन् ।

दलित वा अल्पसंख्यकतर्फको १ जना सदस्यमा पालुङटार नगरपालिका २ का गंगाबहादुर बयलकोटीको निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

समन्वय समितिमा स्थानीय तह निर्वाचनमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रावधान छ । जिल्ला समन्वय समितिको कुल २२ जना मतदाता रहेकोमा माओबादीको स्पस्ट बहुमत रहेको छ ।

जिल्लाका ११ वटा स्थानीय तह मध्ये माओबादी केन्द्रले ९ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । त्यस्तै नेपाली काग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको थियो ।

नवनिर्वाचित प्रमुखसहितको समितिले आजै पदभार ग्रहण पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology