Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्यो ‘कबड्डी ४’


4K
Shares

सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्यो ‘कबड्डी ४’

काठमाडौं, ३० जेठ । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ ।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।

भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ ।

‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology