Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

प्रदेश र प्रतिनिधिसभा चुनाव एकै चरणमा गर्ने तयारी छ : प्रचण्ड


2.5K
Shares

प्रदेश र प्रतिनिधिसभा चुनाव एकै चरणमा गर्ने तयारी छ : प्रचण्ड

काठमाडौं, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी भइरहेको बताउनु भएको छ।

कात्तिक मसान्त वा मंसिर पहिलो साता प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उहाँले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नु भएको छ।

उहाँले बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी रहेको बताउनु भयो।

कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने गरी सत्ता गठबन्धनमा छलफल भइरहेको र प्रतिपक्षको कुरा पनि यही समयमा चुनाव गर्ने रहेको उहाँले बताउनु भयो ।

उहाँले एकै चरणमा चुनाव गर्ने गरी छलफल गरिएको पनि जानकारी दिनु भयो। तर सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको उहाँको भनाइ थियो।

‘हाम्रो कोसिस एकै चरणमा चुनाव गर्ने भन्ने छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology