Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सातामा ८०० ले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


3.1K
Shares

सातामा ८०० ले घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं, २८ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको जानकारी महासंघले दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology