Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

पहिरो काटेपछि आँबुखैरेनीमा भासिएको सडक एकतर्फी सञ्चालनमा आयो


6.5K
Shares

पहिरो काटेपछि आँबुखैरेनीमा भासिएको सडक एकतर्फी सञ्चालनमा आयो

तनहुँ, २७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्याम भासिएपछि अवरुद्ध सडक पहिरो काटेर एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएपछि शुक्रबार बिहानैबाट अवरुद्ध सडक दिउँसोबाट एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडकको भित्तातर्फ जेसिबीले काटेर फालेपछि साना सवारी पास भएपनि ठूला सवारी साधनलाई भने प्रवेशमा लगाइएको प्रहरीको भनाइ छ ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घटनामा दुई पुरुषको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology