Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ


5K
Shares

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

काठमाडौं, २६ जेठ । ललितपुरको सुनाकोठीमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका २३ वर्षीय मिलन परियार छन् ।

उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार ती किशोरीलाई प्रलोभनमा पारेर परियारले १४ जेठमा साँझ जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ ।

घटनाबारे जानकारी प्राप्त हुने वित्तिकै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
जनाइएको छ । थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology