Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जिसस गोरखाको प्रमुख सहित सबै सदस्य निर्विरोध निर्वाचित हुने, सबै पदमा माओवादीको दाबी


3K
Shares

जिसस गोरखाको प्रमुख सहित सबै सदस्य निर्विरोध निर्वाचित हुने, सबै पदमा माओवादीको दाबी

गोरखा, २५ जेठ । जिल्ला समन्वय समिति गोरखाको प्रमुख सहित सबै सदस्य निर्विरोध निर्वाचित हुने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले प्रकाशन गरेको कार्यतालिका अनुसार ९ सदस्यीय समितिको जेठ ३० गते हुने निर्वाचनका लागि आज (बुधवार) दिउँसो १ वजेसम्म मनोनयनको समय तोकिएको थियो ।

सबै पदमा नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले मात्रै मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बराल जानकारी दिनुभयो । समन्वय समितिको प्रमुखमा गोरखा नगरपालिका ९ बाट वडासदस्य निर्वाचित मोहनबहादुर थापामगरको उम्मेद्वारी परेको छ ।

यस्तै उपप्रमुखमा शहिद लखन गाऊँपालिका ९ की लीला परियारले मनोनयन दर्ता गर्नु भएको छ । सदस्यहरुमा वारपाक सुलिकोट गाऊँपालिका ४ का मोहन ढकाल, भिमसेन थापा गाऊँपालिका ६ का मोहम्मद हकिम र गण्डकी गाऊँपालिका ७ का शिवप्रसाद रेग्मीले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत बरालले बताउनु भयो।

यस्तै ३ जना महिला सदस्यमा अजिरकोट गाऊँपालिका ५ बाट वडा सदस्य निर्वाचित इन्दिरा देवकोटा, धार्चे ३ की प्रमिना घले तथा सिरानचोक ८ की मिरा उपरकोटीको उम्मेद्वारी परेको छ ।

दलित वा अल्पसंख्यकतर्फको १ जना सदस्यमा पालुङटार नगरपालिका २ का गंगाबहादुर बयलकोटीको मात्रै मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सबै पदमा एकरएक जनाको मात्रै उम्मेद्वारी परेकाले उनीहरु सबै स्वतः निर्वाचित हुने छन् ।

जिल्ला समन्वय समितिको कुल २२ जना मतदाता रहेकोमा माओबादीको स्पस्ट बहुमत रहेको छ । जिल्लाका ११ वटा स्थानीय तह मध्ये माओबादी केन्द्रले ९ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेपाली काग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology