काठमाडौं, २४ जेठ । एक सातादेखि हराइरहेका एक बालक शव सडेको अवस्थामा फेला परेका छन् ।
१७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीअनुसार बालकको शव ३० प्रतिशत जति सडेको अवस्थामा फेला परेको जानकारी दिनु भयो ।
मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी भइरहेको उहाँले बताउनु भयो ।
सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।