Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

लोसपाले रेशम चौधरीकोे रिहाइ गर्न माग गर्दै प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र


2.9K
Shares

लोसपाले रेशम चौधरीकोे रिहाइ गर्न माग गर्दै प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

काठमाडौं, २४ जेठ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउनु भएको हो।

नागरिकता विहीनहरुको समस्या समाधान गर्न, महँगी नियन्त्रण गर्न, किसानहरुलाई सहजरुपमा मलखादको व्यवस्था गर्न, टिकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित मधेस आन्दोलनको क्रममा पक्राउ परेका अन्य नेता–कार्यकर्ताहरुलाई रिहाइ गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिनु भयो ।

लोसपाले बुझाएको ज्ञापन पत्रमा जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने, महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, भूमिहीनलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology