Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा जिल्ला समन्वय समितिको निर्वाचन ३० गते हुने


4K
Shares

गोरखामा जिल्ला समन्वय समितिको निर्वाचन ३० गते हुने

गोरखा, २२ जेठ ।  जिल्ला समन्वय समिति गोरखाको निर्वाचन यहीँ जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जिल्ला समन्वय समितिको निर्वाचनका लागि आज मतदाता नामावली सार्वजनिक तथा निर्वाचन कार्यतालिका समेत प्रकाशन गरेको हो ।

कार्यालय जारी गरेको सूचना अनुसार समन्वय समितिको निर्वाचनका लागि यहीँ जेठ २५ गते उमेद्वारको मनोनयन पत्र दर्ता र सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै जेठ २६ गते उमेद्वारका बिरुद्ध दावी बिरोध, जेठ २७ गते मनोनयन पत्रको जाँच र उजुरी गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बराल जानकारी दिनुभयो ।

सोही दिन उम्मेद्वारको नामावली प्रकाशन गरिने र २७ गते बिहान १० बजे भित्रमा उमेद्वारले नाम फिर्ता लिनसक्ने कार्य तालिका रहेको छ । कार्यालयले जारी गरेको सूचनामा जेठ २९ गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने जेठ ३० गते बिहान ११ वजे मतदान कार्यक्रम शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य रहने निर्णय आज बसेको जिल्ला सभाले निणर्य समेत गरेको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन ऐन ०७३ अनुसार अब गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिका प्रमुखमा उमेदवार हुन पाउनेछन् ।

जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउने व्यवस्था रहेको छ । कुल २२ जना मतदाता रहेको जिल्ला समन्वय समिति गोरखामा माओबादीको स्पस्ट बहुमत रहेको छ । जिल्लाका ११ वटा स्थानीय तह मध्ये माओबादी केन्द्रले ९ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेपाली काग्रेसले २ पालिकामा प्रमुख र ५ पालिकामा उपप्रमुख जितेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology