Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माओवादी केन्द्रले प्रत्यक सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने


2.9K
Shares

माओवादी केन्द्रले प्रत्यक सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने

काठमाडौं, २२ जेठ। नेकपा माओवादी केन्द्रले प्रत्यक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology